अलिपुरद्वार: कालचिनी ब्लकमा सोमबार बिहाँनैदेखि भारी वर्षा शुरु भएको छ। कालचिनी ब्लकको हाँसीमारा, दलसिहपाडा, जयगाउँ लगायतका क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भइरहेको छ। अविरल वर्षाका कारण मानिसहरू घरमै थुनिएका छन्, सडक सुनसान बनेका छन्। वर्षासँगै हावाहुरी पनि चलिरहेको छ। यस क्षेत्रमा गए राति असिनासहितको भारी वर्षा र सोमबार बिहानदेखि परेको अविरल वर्षाले जनजीवन कष्टकर बनेको छ।