भागोप्रमोको पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिको प्रार्थी कल्पना प्रधानद्वारा चुनावी सभा सम्पन्न

BGPM-Pankhabaari

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्भ्यू  अम्बटे समष्टीको प्रार्थी कल्पना प्रधानको मकैबारी साथै थापाथलीमा चुनावी सभा सम्पन्न भयो। सभामा मकैबारी क्षेत्रबाट समर्थकहरूको बाक्लो उपस्थिति थियो।सभालाई सम्बोधन गर्दै  प्रार्थी कल्पना प्रधानले मकैबारी क्षेत्रमा पार्टी अध्यक्ष अनित थापाले जसरी पानीको समस्या समाधान गरिदिएका छन् त्यसको निम्ति यहाँका ग्रामवासी पार्टी अध्यक्षप्रति आभारी रहेको बताए। समष्टिमा चुनावमा खड़ा भएका स्वतन्त्र उमेद्वारहरूलाई पनि उहाँले शुभेच्छासहित एवं शुभकामना दिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विपक्षीलाई गाली गर्ने सिध्दान्त कहिले पनि नरहेको पनि उनले बताइन्। सभामा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महुकमा समिति सचिव प्रणाम रसाइली, प्रवक्ता अनुप रामुदामु, युवा मोर्चा केन्द्रीय समिति सदस्य संजीव छेत्री, समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान,सह-सचिव कुनाल छेत्री समस्टि सदस्य महेन्द्र छेत्री,कल्यान लामा, अभिभाव फोरमका सुबोध लामा, याङडुप लामा, जीवन डुम्जन, प्रचार प्रसार सचिव जिनोद परियार, नारी शक्ति सत्य गोले, कला छेत्रीको विशेष उपस्थिति थियो।

About Author

Advertisement