मालदा: तृणमूलका युवा कार्यकर्ताहरूले दुआरे सरकार शिविरमा सर्वसाधारणहरूलाई सहयोग गर्ने भएका छन्। उनीहरूले सर्वसाधारणको आवेदन फारम पनि भरिदिने भएका छन्। चॉचलका विधायक निहाररञ्जन घोषले सोमबार यस प्रकारको सहायता केन्द्रको उद्घाटन गरेका छन्।सो सहायता केन्द्र विधायक निवासमा शुरु गरिएको थियो।युवा अध्यक्ष चन्द्रशेखर साहले बताए अनुसार,शिशिर कलोनी, हरिश्चन्द्रपुर १-बी तृणमूल युवा कङ्ग्रेसको अगुवाईमा दुआरे सरकार शिविर सहयोग केन्द्र यस क्षेत्रका घर–घरमा खोलिनेछ।