सीमावर्ती क्षेत्रका जनतालाई गाई-बाख्रा जस्तै व्यवहार गरिन्छ- उदयन गुहा

5703ba26-6005-4e5f-b955-2a0db2fbbae3

कुचबिहार: उत्तर बंगाल विकास मन्त्री उदयन गुहा र कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष गिरिन्द्रनाथ बर्मनले शितलकुचीको लालबजार इलाक़ामा भएको जलाल मियाँको मृत्यको घटनालाई लिएर उनको परिवारसित भेटघाट गरेका छन्। मन्त्री गुहाले आज शितलकुचीको बारामारिच क्षेत्रमा जलाल मियाँको परिवारसँग भेट गरी उनीहरुको साथमा उभिने र सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।यसै अवरसरमा उनले केन्द्र सरकारको आलोचना गर्दै भने, ‘उनीहरूले सीबीआई र ईडी प्रयोग गर्छन्, तर हत्या बीएसएफ र सीआईएसएफले गर्छ भने न्याय किन हुँदैन।’ सीमावर्ती क्षेत्रका जनतालाई गाई-बाख्रा जस्तै व्यवहार गरिन्छ। उनले प्रेमकुमार बर्मन हत्या र जलाल मियाँको हत्यालाई एउटै आन्दोलनमा जोड्ने चेतावनी समेत दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement