सिलगढी: घरबाट बम बरामद भएको घटनाले शहरमा अहिले आतंक फैलिएको छ। घटना सोमबार सिलगढीको कावखली बजारसँग जोडिएको इलाकामा भएको हो। प्रारम्भिक सूचना अनुसार,पारिवारिक झगडाका कारण कसैले घरमा बम राखेको खुलेको छ। खबर पाएपछि पुलिसको बम डिस्पोजल टोली , दमकल र सिआइडी घटनास्थल पुगेका थिए । यसैबीच, जी-२० प्रतिनिधिहरू हाल शहरमा छन्। यसका साथै भोलि ४ अप्रेलमा अरिजित सिंहको कन्सर्ट पनि रहेको छ। यस्तो अवस्थामा शहरमा बम बरामद भएकोमा प्रशासन चिन्तित छ। अहिले बम निष्क्रिय पार्ने प्रयास भइरहेको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।