खरसाङमा १४औं जिल्ला दार्जिलिङ कराँते च्याम्पियनशिप २०२३ सम्पन्न

IMG-20230403-WA0187.jpg

खरसाङ: १४औं जिल्ला दार्जिलिङ कराँते च्याम्पियनशिप २०२३ खरसाङको सुपर मार्केट कम्युनिटी हलमा सम्पन्न भएको छ। यो आधिकारिक राज्य कराँते च्याम्पियनशिपको लागि एक छनौट ट्रायल पनि हो। मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीको आयोजनामा र स्पोर्ट्स कराँते-डू एसोसिएसन अफ् दार्जिलिङको प्राविधिक रेखदेखमा प्रमुख शिहान अनिल राई, दार्जिलिङ जिल्लाको प्रभारीको आयोजनामा यो वर्ष १८ वर्षभन्दा माथिका पुरुष तथा महिलावर्गको मात्रै, सिनियर प्रतियोगिता खरसाङमा आयोजना गरिएको थियो। कार्यक्रमको आयोजक तथा माफाका संस्थापक/अध्यक्ष सेन्सी सन्दीप प्रधानले १८ वर्ष वा सोभन्दा माथिको सिनियर पुरुष तथा महिलावर्गको छनौटमा जम्मा ३९ जना सहभागी भएको जानकारी दिएका छन्। उनले यसबारेमा भने, च्याम्पियनशिपको सबैभन्दा राम्रो पक्ष यो थियो कि, यस वर्ष कुमिते र काता दुवैमा ३४, ३८ र ४८ वर्षका आमाहरूले पनि भाग लिएका छन् र हाम्रो जिल्ला दार्जिलिङमा महिला सशक्तिकरणको उदाहरण बनेको छ अनि राज्य च्याम्पियनसिपमा भाग लिन छनौट भएका छन्।

शिहान अनिल राईले थप जानकारी दिए अनुसार जुनियर, सब-जुनियर, क्याडेट र बच्चाहरूको इभेन्ट दिल्ली पब्लिक स्कूल, सिगढीमा अप्रेल ८ र ९ मा आयोजना हुनेछ र छनौट गरिएका सहभागीहरूले राज्य च्याम्पियनसिपमा जिल्ला दार्जिलिङको प्रतिनिधित्व गर्नेछन्। खरसाङबाट सिविटार चिया बगानकी मिस रोजी प्रधान एमएएफए महानदी शाखाकी सहायक प्रशिक्षक हुन्। फाइनल जितेर राज्य च्याम्पियनसिपको लागि छनौट भएका छन्। उनले दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement