३ अप्रेलः डेनियल मेदवेदेवले मियामी ओपन टेनिस टुर्नामेण्टको फाइनलमा इटलीका यानिक सिनरलाई ७-५, ६-३-ले पराजित गरी सालको आफ्नो चौथो एटीपी खिताब जिते। मेदवेदेवको सिनर विरुद्ध ६ वटा म्याचमा यो छैटौं जीत हो अनि यस साल अहिलेसम्म खेलेको आफ्नो २५ वटा म्याचमा उनले २४ वटा जितेका छन्। यस अवधि उनी केवल एकपल्ट इण्डियन वेल्सको फाइनलमा शीर्ष ऱ्यांकिंग भएका खेलाड़ी कार्लोस अलकराज विरुद्ध पराजित भएका थिए। सिनरले १ घण्टा ३४ मिनटसम्म चलेको फाइनल म्याचको शुरुवाती सेटमा मेदवेदेवलाई कड़ा चुनौती दिए तर रुसका खेलाड़ीले दोस्रो सेटमा उनलाई कुनै मौका दिएनन्। यस साल पाँचौंपल्ट फाइनल खेल्ने मेदवेदेवले यसअघि रोटरड्याम, दोहा र दुबईमा खिताब जितेका थिए। यसबीच महिला युगलको फाइनलमा कोको गफ र जेसिका पेगुलाकी जोड़ीले लेयला फर्नाण्डीज र टेलर टाउनसेण्डको जोड़ीलाई ७-६, ६-२-ले पराजित गरी ट्रफी जित्यो।