दार्जिलिङ: दार्जिलिङ भ्रमणमा रहेका पश्चिम बंगालको राज्यपाल सीभी आनन्दा बोसले आज दार्जिलिङको गवनर्स हाउसमा डा हर्षबर्ध्दन सिंगलामाथि लेखिएको जीवनी पुस्तकको लोकार्पण गरेका छन्। दिपमाला रोकाद्वारा लिखित उक्त पुस्तकको नाम ‘नट एन एक्सिडेन्टल राइस’ रहेको छ। उक्त पुस्तकको लोकार्पण गरिएको राज्यको राज्यपाल सीभी आनन्दा बोस दार्जिलिङ भ्रमणमा आएको मौका पारेर लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण कार्यक्रममा डा. हर्षबर्ध्दन सिंगला पनि उपस्थित रहेका थिए।