भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-2

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ६ सय ८६ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या २० हजार २१९ छ भने सक्रिय मामला दर ०.०५ प्रतिशत छl हालको स्वस्थ दर ९८.७६ प्रतिशत छl पछिल्लो २४ घण्टामा १ हजार ८ सयजना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४१ लाख ७५ हजार १ सय ३५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४१ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर ६.१२ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला दर २.४५ प्रतिशत छl अहिलेसम्म ९२.१८ करोड परीक्षण, पछिल्लो २४ घण्टामा ५९ हजार ५१२ परीक्षण गरिएको छl –पीआईबी  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement