भोलि मुख्यमन्त्री आदिवासी सामूहिक विवाह समारोहमा सामेल हुने

IMG-20220607-WA0113.jpg

जलपाईगढ़ी। भोलि मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालमा आदिवासी सामूहिक विवाह समारोहमा सामेल हुनेछिन्। राज्य सरकार रूपश्री परियोजनाको माध्यमले आर्थिक रूपमा पछौटे परिवारहरूको केटीहरूको बिहे गर्नमा मद्दत गर्दछ। त्यस परियोजनाको माध्यमले मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा बुधवार ५१० जोड़ाको बिहे हुनेछ। केवल बिहे होइन, यसका साथै दम्पत्तिहरूलाई भाड़ा, लुगा र अन्य धेरै चीजहरू पनि प्रदान गरिनेछ। यसलाई लिएर कलचिनीमा खुशीको माहोल छ। जानकारी अनुसार, मुख्यमन्त्री स्वयंले जोड़ाहरूको माता-पितासित कुराकानी गर्नेछिन्। उल्लेख्य, मुख्यमन्त्रीले पहिले भनेकी थिइन्, म सदैव तपाईँको साथ छु। म तपाईको सर्वोत्तमको कामना गर्दछु। राज्य सरकारले हरेक प्रकारले मद्दत गर्नेछ। गत साल मुख्यमन्त्री मालदाको गाजोल र अलीपुरद्वारमा यस्तै किसिमको सामूहिक बिहेमा सामेल भएकी थिइन्। भोटअघि उत्तर बंगालमा मुख्यमन्त्रीको यो उपस्थिति राजनीतिक रूपमा अहम बताइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement