सोनादा: आज जी-२० शिखर सम्मेलन टोलीलाई सोनादा-पचेङ समष्टिको तत्वावधानमा सोनादावासीले सोनादा रेलवे स्टेशन परिसरमा भेला भएर स्वागत जनाए। उक्त स्वागत कार्यक्रममा सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाले जी-२० टोलीको यो दार्जीलिङ भ्रमणले दार्जीलिङको मात्र नभएर सम्पूर्ण देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक साथै देश हितको अन्य पक्षमा पनि सार्थक परिणाम ल्याउने कुरामा विश्वस्त रहेको बताए।