खरसाङ: शिक्षक, साहित्यकार साथै गोर्खा जनपुस्ताकालय खरसाङका आजीवन सदस्य पीएल धमालाको निधन भएको छ। उनको निधन मङ्गलबार बिहान ६ बजेतिर भएको जानकारी प्राप्त भएको छ। धमालाको निधनले गोर्खा जनपुस्ताकालय खरसाङको लागि अत्यन्तै दु:खको खबर रहेको बताएका छन्। उनी धेरै दिनदेखि मिर्गौलाको रोगले उपाचाराधीन रहेका थिए। पार्थिब शरीर उनको निवासस्थलमा आज ल्याइनेछ अनि दाह संस्कार बुधबार गरिने जानकारी प्राप्त भएको छ। यो खबर सबैलाई सूचित गरिदिने निवेदनसँगै दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं भनी पुस्तकालयको पक्षबाट बताइएको छ।











