सिलगढी: कुनै पनि समय टिस्टा नदीमा गाडी झर्न साथ ज्यानको पर्व नगरी टिस्टा रंगीत उद्धार समुहको सम्पूर्ण सदस्यहरू सहयोगको निम्ति कुनै पनि बेला अघि आएका नै हुन्छन्। यदपी अरुको ज्यानलाई बचाँउन आफ्नो ज्यानको पर्व नगरी निस्केका टिस्टा रंगीत उद्धार दल अर्थात टिस्टा रंगीत टीमको कुनै पनि सदस्य केही भइहाले ऊनीहरुको एउटा वीमासम्म नरहेको थाहा लागेको छ। आफ्नो ज्यानको बाजी लगाएर टिस्टा नदीको त्यो हातै कट्कटी दुख्ने चिसो पानीको गहिराईबाट लाश निकल्नु अथवा कुनै पनि वस्तु निकल्नु सजिलो छैन। केही सप्ताह अघि मात्र रंगीत नदीमा डुबेका छात्रको मृतदेहलाई राति अन्धकारमा पनि टिस्टा-रंगीत रेस्क्यु टीमले निकाल्न सक्षम भएको थिए भने कहिलेकाहीँ घटना भएको सुन्न साथ सो टीमका सदस्य घट्ना स्थलमा पुगेर मानिसको जीवन बचाउन सक्षम बनेको कुरा गर्छिन् टिस्टा रंगीत रेसक्यु टीमका प्रमुख शान्ति राई।
टिस्टा नदीमा कुनै पनि समय उद्धारको निम्ति जुट्ने टिस्टा रंगीत रेसक्यु टीमको सदस्य कुनै पनि समय दुर्घटना भए आजसम्म एउटा वीमासम्म पनि नभएकोले कुरा जनाउछिन् शान्ति राई। गत शनिबार सेनाको वाहन राजमार्ग दस गेलखोला नजिकबाट टिस्टा नदीमा झरेपछि सेनाको वाहनलाई उद्धार गर्न सक्षम बनेका छन् टिस्टा रंगीत रेस्क्यु टीम। त्यस वहानसँगै झरेर बेपत्ता भएका सैनिकलाई आज पनि उक्त उद्धार टोलीले स्थानीय पुलिस अनि भारतीय सैनिकको साथमा खोजी गरिरहेका छन्। तर आजसम्म वीमासमेत नभएको उक्त टोलीका सदस्यलाई सरकारले त्यस दिशातर्फ मध्य नजर राखेर केही दिन नसके पनि जीवन वीमा भए हुन आवश्यक रहेको छ। हालसम्म टिस्टा रंगीत रेसक्यु वेलफ्यार एसोसिएसनबाट शान्ति राई, सागर बसोर, साङडुप शेर्पा (ज्याक्की) सुजाता छेत्री, साजन डुक्पा, रितु राई, रोशनी तामाङ, ओङगु लेप्चा, अरुणा भुजेल, सुदीप रजक र आदित्य दर्जी उद्धार कार्यमा लागिपरेका छन्।