प्रीमियर लीगः चेल्सी र म्यानचेष्टर युनाइटेड पराजित

IMG-20230403-WA0129.jpg

३ अप्रेलः ईंग्लिश प्रीमियर लीग (ईपीएल) मा दुई हेभिवेट टीम चेल्सी र म्यानचेष्टर युनाइटेडले हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा चेल्सीलाई एस्टन भिल्लाले २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ६९ प्रतिशत पोजेशनको साथ खेले पनि चेल्सीलाई कुनै फाइदा भएन। म्याचमा एस्टन भिल्लाबाट ओली वाट्किन्सले १८औं र जन म्यागिनले ५६औं मिनटमा गोल गरे। म्याचमा चेल्सीले विपक्षी टीमको ५ को तुलनामा २७ पल्ट विपक्षी पोस्टमा हमला गरे पनि गोल गर्न सकेन। यस जीतको साथै एस्टन भिल्ला २८ वटा म्याचमा ४१ पोइण्टको साथ प्रीमियर लीग टेबलको नवौं स्थानमा पुग्यो। यसरी झर्दै झर्दै ११औं स्थानमा पुग्ने चेल्सीसँग अहिले २८ पोइण्ट रहेको छ।

म्यानचेष्टर युनाइटेडले पनि न्यूक्यासल विरुद्ध २-०-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्ट जेम्स पार्कमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलले पूरा म्याचमा युनाइटेडको डिफेन्सलाई व्यस्त राख्यो। विजेता टीमबाट जो विलोकले ६५औं र कालम विल्सनले ८८औं मिनटमा गोल गरे। म्यानचेष्टर युनाइटेडको टीमलाई पूरा म्याचमा लयमा देखिएन। यस म्याचपछि गोल अन्तरको आधारमा न्यूक्यासल युनाइटेड तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थानमा रहन पुग्यो। यी दुई टीमसँग अहिले ५०-५० पोइण्ट रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा वेष्ट ह्यामले साउथम्प्टनलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement