सिलगढी। एकजना अज्ञात व्यक्तिको मृत्यु ट्रेनको चपेटमा परेर भएको छ। उक्त दुर्घटना सिलगढीको सिटी सेन्टर नजिक चामटा रेलवे लाइनमा घटेको हो। तथापि, खबर लेखुञ्जेलसम्म मृतकको व्यक्तिको परिचय जुटाउन सकेको छैन। प्राप्त जानकारीअनुसार आज साँझ स्थानीय मानिसहरूले रेलवे लाइनमा अज्ञात व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मतिगढा पुलिस एवम् जङ्क्सन जीआरपी घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।