ट्रकको ठक्करबाट नागरिक स्वयमसेवक गम्भीर घाइते

80b29820-a198-443c-8ef5-9f4597ab99b6

जलपाइगढी: मोटरसाइकल र ट्रकबीच भएको टक्करबाट एक नागरिक स्वयमसेवक गम्भीर घाइते भएका छन्। घटना जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको सुखानी क्षेत्रको हो। घाइते नागरिक स्वयमसेवकको नाम जहिर अली (३०) रहेको छ। उनी सौदाभिता क्षेत्रका बासिन्दा हुन्। स्थानीय स्रोतअनुसार,सोमबार बिहान ७ बजेतिर घरबाट ड्युटी जाने क्रममा प्रधानपाडा क्षेत्रमा १६ चक्के ट्रकसँग उनको मोटरसाइकल ठोक्किएको हो। गम्भीर घाइते स्वयमसेवकलाई पहिले राजगञ्ज ग्रामीण अस्पताल र त्यसपछि सिलगढीको एक निजी नर्सिंग होममा लगियो। घटनापछि उक्त क्षेत्रमा सनसनी फैलिएको छ। ढुंगा बोकेको उक्त ट्रक निर्माणस्थलतर्फ गइरहेको बताइएको छ। त्यही बेला यो दुर्घटना घटेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement