मानव उत्थान सेवा समितिको आयोजनामा सन्तसमागम कार्यक्रम सम्पन्न

MUSS


सोनादा: मानव उत्थान सेवा समिति दार्जीलिङ तहसीलअन्तर्गत रङ्गमुक शाखाको तत्वधानमा सन्तसमागम कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा तहसिल प्रभारी निलम्बरी बाइजी एवं  कृतिका बाइजी साथै उत्तर पूर्वाञ्चल क्षेत्रका सह सचिव चन्दन लकान्द्रि साथै उपाध्यक्ष दिपक राई, तहसिल सचिव भक्त लामा, युवा प्रकोष्टका कुमार योञ्जन, अजय राई, रवि राई एवं अन्य उपस्थित थिए भने कार्यक्रम दिप प्रज्वलन साथै गुरू महारजीको तस्वीरमा खादा अर्पण गरियो। शरण गुरुङ, सागर मणि प्रधान, रुबेन सुब्बा, मञ्जीला शर्माको कर्णप्रिय भजनले भक्तजनलाई आनन्द अनुभुति गराए थिए। कार्यक्रमको अघिल्लो चरणमा कुमार योञ्जनले आफ्नो विचार व्यक्त गर्दै उहाँले भन्नुभयो आफ्नो सत्संग विचारमा युवाहरूलाई सत्संग खाचो रहेको र उनिहरूलाई आध्यात्मिक क्षेत्रमा लगाउँनु पर्ने राखे।
दार्जीलिङ तहसिलबाट आउनु भएको माहात्मा कृतिका बाइजीले उपस्थित भक्तजनलाई सम्बोधन गर्दै एउटा दृष्टान्त राखे एक समय सरस्वती नदीको पवित्र किनारमा सोमयज्ञको आयोजन भइरहेको थियो। यज्ञमा भागीदार हुन आएका अनेक ऋषि-मुनि, पण्डित, यजमान यज्ञ-स्थलको चारैतिर विराजमान थिए। एक ऋषिले जसै ‘कवष ऐलुष’ लाई देखे अनि आफ्नो आसनबाट उठेर भने—‘यो कवष ऐलुष’ ब्राह्मण होइन, यो दासी पुत्र हो, यो यज्ञमा सामेल हुन सक्दैन। कवष ऐलुष दासी पुत्र भए पनि शास्त्रहरूको प्रकाण्ड विद्वान थियो, घोर तपस्वी तथा महान् साधक थियो। उसको जीवन अत्यन्त सात्विक थियो। ऋषिले उसको सत्कर्महरू तिर ध्यान नदिइ जन्मको आधारमा उसको अपमान गरेका थिए। उसलाई जबरदस्ती सरस्वती नदीको किनार देखि धेरै टाडा मरुभूमिमा पठाई दिए। मरुभूमिमा गएर उसले आफ्नो इष्टदेवलाई पुकारेर भन्यो, ‘आज ब्राह्मणत्वको परीक्षा छ देव! ब्राह्मणत्वको निर्णय जन्म द्वारा हुन्छ वा कर्म द्वारा हुन्छ कृपा गरेर यो कुराको निर्णय गरिदिनुहोस।’ केहि बेरमा तपस्वी कवष ऐलुषको आत्मा दिव्य प्रकाशले आलोकित भइ उठ्यो। यता यज्ञको मण्डपमा अन्धकार छायो। यो देखेर ऋषिहरूमा घबड़ाहट भयो अनि सबै ऋषि-मुनि उठेर मरुभूमि तिर दौड़ेर गए। वहाँ उनीहरूले देखे कि तपस्वी कवष ऐलुष अद्भुत दिव्य प्रकाशले अलंकृत छन्। उनको छेउ मै पुण्य-सलिला सरस्वती नदी कल-कल गर्दै बगिरहेकी थिईन्। यस्तो अद्भुत दृश्य देखेर ऋषिगणको यो समझमा आयो कि ब्राह्मण कहलाइने योग्य अधिकारी त्यही व्यक्ति हुन्छ, जो शास्त्रज्ञ र तपस्वी हुन्छ। जन्मको आधारमा कोई सानु-ठूलो हुन सक्दैन। त्यसपछि ऋषिहरूले कवष ऐलुषलाई यज्ञमा भाग लिन सादर आमंत्रित गरे। उनीहरू सबै कवष ऐलुषको सामने नतमस्तक भए।

कार्यक्रमको अन्तिम चरणमा माहात्मा निलम्बरी बाइजी द्वारा आफ्नो सत्संग विचारमा अध्यात्मको महत्व र विशेषता बारे भने वहाँले भन्नु भयो कि भोलिको लागि आज नै सजक रहने आव्हान गरे।  उहाँले भन्नु कि कुनै पनि संसारको कुराहरू त यहिँ छोडेर जानु पर्छ, मेरो मेरो भन्दा भन्दै सबै यही छोडेर जानुपर्छ। कानले सुन्नु हरि कथा मनले गर्नु पर्यो ध्यान गर्नु पर्छ। जीवनको यात्रा त कहि टूंगिन्छ तर आत्माको यात्रा त काहाँ सममको हो यसैलाई जान्नु पर्छ। यो त समयको सतगुरूको मात्रै इंकित गरिदिन्छ आत्माको ज्ञान पाएर जीवनलाई धन्य बनाउँनु पर्दछ। वहाँले भन्नु भयो कि सितालाई रावानले हरेर लगे त्यतिवेला भक्त हनुमानले असल भक्तको उदाहरण दिएका छन्। यस देशको पैसा त अन्य देशमा चल्दैन भने यो लोकको चिजहरू त यहाँ नै छोडेर जानु पर्छ चल्दैन यस लोकमा राम्रो कर्म गरेर मात्रै उसलोकमा राम्रो ठाउँ पाउँछौँ, माया मात्रै कुम्लो बोकेर हुन्न यसैले सत्संगमा आउनुहोस यहाँ उस लोकको लागि तपाईको राम्रो कर्म गर्ने बनाउँछ। आज विश्व पर्यावरण दिवस भएको हुनले संतमहात्मा द्वारा पौधा रोप्ने कार्यक्रम पनि सम्पन्न गरियो। उक्त कार्यक्रमको धन्यवाद ज्ञापन शाखा सचिव रुबेन सुब्बाले दिए भने सन्चालन चन्दन लकान्द्रिले गरेका थिए।  उक्त जानकारी संस्थाको तर्फबाट अविनाश मोथेले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement