जलपाइगढी: आइतवार दिउँसो सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गमा एउटा ‘जाइ’लो गाडीलाई रोकेर छापा मार्दा गांजाको १८ प्याकेट बरामद गरिएको छ। जलपाइगढी जिल्लाको राजगञ्ज थानाका आईसी पंकज सरकारले गोप्य स्रोतबाट उक्त सूचना प्राप्त भएको बताएका छन। स्रोतका अनुसार, सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको फाटापुकुरस्थित सारदामणी हाईस्कूलको अगाडि नाका चेकिङ भइरहेको थियो। सोही क्रममा उक्त गाडीको चेकजाँच गर्दा त्यसभित्र जम्मा ५६ किलो गाँजा फेला परेको हो। कार चालकलाई नियन्त्रणमा लिइएको छ। अभियुक्तको नाम जयन्त दास (२४) रहेको छ। उनी कुचबिहारका बासिन्दा हुन्। उनी कुचबिहारबाट सिलगढी जाँदै थिए। उनलाई सोमबार जलपाइगढी अदालतमा पेश गरिएको छ।