२ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ सीजनअन्तर्गत आइतवार खेलिएको म्याचमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई एकतर्फी म्याचमा ७२ रनले पराजित गऱ्यो। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले ५ विकेट गुमाएर २०३ रन बनायो। कप्तान सञ्जु सेमसनले ५५ (३२ बल, ३ वटा चौका र ४ वटा छक्का), जोश बटलरले ५४ (२२ बल, ७ वटा चौका र ३ वटा छक्का) र यशस्वी जयसवालले ५४ रन (३७ बल, ९ वटा चौका) रन बनाए। सनराइजर्सका बलरहरूमा फजलहक फारूकी र टी नटराजनले २-२ विकेट लिए। जवाफमा सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो। इम्प्याक्ट प्लेयर-को रूपमा खेल्दै अब्दुल सामदले अविजित ३२ रन बनाए। यसबाहेक मयंक अग्रवालले २७ रन बनाए। रोयल्सबाट लेग स्पिनर युजवेन्द्र चहलले ४ र पेस बलर ट्रेण्ट बोल्टले २ विकेट लिए।