सर्दोङमा एसकेएम पार्टीको क्षेत्रियस्तरीय समन्वय सभा सम्पन्न

IMG-20230402-WA0313.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्र स्तरीय समितिको आयोजनामा ग्राम प्रशासन स्तरीय समन्वय सभा सम्पन्न भयो। सर्दोङ लुङ्जिक ग्राम पन्चाय एकाइको लोवर सरदोङमा आजबाट शुरु भएको यस समन्वय सभाको समापन आगामी १० अप्रेलको दिन समापन हुने जानकारी गराइयो। यस सभाको अध्यक्षता सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङले गरेका थिए भने साथमा जनसूचना बिभागका सल्लाहकार बिरेन्द्र ताम्लिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सभामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि वार्ड र ग्राम स्तरमा के कस्तो काम भएको छ भन्ने बिषयमा वार्ड पञ्चायतहरूले आफ्नो विचार साझा गरे। ग्रामीण जनताले सरकारबाट आशा गरेका ग्रामीण योजनाहरुबारे बिस्तृत छलफल पछि जनताको वार्ड को आर्थिक,नैतिक, शैक्षिक सामाजिक बिकाससंगै व्यक्तिगत मागहरू सभामा राखिएको थियो। सभालाई सम्बोधन गर्दै क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले क्षेत्रको समग्र बिकासको साझा गर्दै चार वर्षको कार्यकालमा भएको बिकास अनि आगामी पुर्वधार बिकास बारे जानकारी दिए। ग्रामीण बिकास गर्न सबैले सरकारसंग मिलेर काम गर्न सुझाव दिदै आगामी चुनावमा मानेबुङ – देन्ताम क्षेत्रबाट एसकेएम पार्टीलाई भारीमतमा बिजय गराउने आग्रह गरे। यसै क्रममा सभाअध्यक्ष एवं प्रभारी डीबी गुरुङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी भनेको संगठन रहेको र संगठनले समग्र जनताको हित र ग्रामीण बिकासको काम गर्दै आएको बताए। उनले पार्टीको कार्यक्रम गर्दा जनतासंग मिलेर काम गर्नुपर्ने विषयमा जोर दिए।

पुर्व सरकारको कार्यकालमा जनताको कुनै सुझाव बिनानै हैकमबादीहरुको राज गरेको तर आज सिक्किम क्रान्तीकारी मोर्चा पार्टीको सरकार बनेपछि हैकमबादको राजलाई उखालेर फ्याँकेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement