भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको लागि महानदीमा चुनाव कार्यालय उदघाटन

IMG-20220607-WA0120.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको समर्थनमा आज महानदीमा चुनाव कार्यालय उदघाटन गरिएको छ। आगामी २६ जूनको दिन हुने जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीको बाहुलीबाट महानदीमा चुनाव कार्यालय उदघाटन गरिएको छ। महानदीमा चुनाव कार्यालय उदघाटन गरेपछि स्थानीय महानदी क्षेत्रका पार्टी कार्यकर्ताहरुले महानदी क्षेत्रमा गरिनु पर्ने विकासका कार्यहरू विषयमा प्रार्थी नवराज छेत्री समक्ष राखेका छन्। यस चुनाव कार्यालय उदघाटन कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा सांगठनिक सचिव राजीव थापा लगायत तीनधारे महानदी समष्टिको सभापति सचिव, नारी शक्ति र युवा शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। महानदीमा चुनाव कार्यालय उदघाटन गरेपछि भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै आफुले लगातार रूपमा चुनाव प्रचार गरिरहेको र समष्टीमा जम्मा ५ जना प्रार्थीहरू रहेकोले कसैलाई पनि कमजोर नसम्झेको बताएका छन्। उनले आफ्नो र पार्टीको सांगठनिक गतिविधिहरूलाई हेरेर साथै संगठनलाई हेरेर मेरो जितप्रति आशा रहेको पनि बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा चुनाव कार्यालय प्रथम त महानदीमा खोलिएको र अब घैयाबारी, तीनधारे र शिवखोला ग्राम पञ्चायतभित्र पर्ने स्थानहरूको लागि पनि चुनाव कार्यालय खोलिने बताएका छन्। छेत्रीले हामीले पार्टीबाट रुपमा सबै कार्यकर्ताहरू मिलेर चुनाव प्रचार गरिरहेको र पार्टीको धरातल तल्लो स्तरसम्म रहेको कारणले गर्दा हाम्रो बलियो संगठन भएको कारणले हामी जित्ने कुरामा आशावादी रहेको बताएका छन् । नवराज छेत्रीले तीनधारे महानदी समष्टिबाट पाँचजना प्रार्थीहरू रहेको विषयमा बोल्दै सबैजना टप रहेको अनि कसैलाई पनि सहज रुपमा नलिएको बताउँदै पार्टीको आशीर्वाद आफुमा रहेको साथै मेरो सामाजिक कार्यहरूले गर्दा पनि जनताले मलाई भोट दिनेछन् भनी विस्वास व्यक्त गरेका छन्। उनले आफ्नो समष्टीमा चुनाव प्रचारको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि आईदिने कुरामा आशावादी रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement