ब्राउन सुगर सहित तीन पक्राउ

IMG-20230402-WA0309.jpg

गान्तोक: राज्य पुलिसले सिक्किमलाई ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि एक अभियान शुरू गरेको थियो। तर पनि ड्रग्सको धन्दामा केही कमी नआएको घटनाले वर्तमानको घटनालेहरूले प्रस्ट पारेको छ। यसै क्रममा गेजिङ पुलिङले तीन जनालाई ड्रग्स सहित पक्राउ गरेको छ। आरोपीहरूलाई पुलिसले गुरूथाङबाट पक्राउ गरेको हो। गेजिङ पुलिसले जानकारी गराए अनुसार आरोपीबाट पुलिसले ८९ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र ३.६६ ग्राम्स ब्राउन सुगर फेला पारेको छ।

पक्रा पर्ने आरोपीहरूमा लिङचोम निवासी सन्तोष छेत्री, लाङगाङ निवासी नर बहादुर सुब्बा र तिक्जेक निवासी प्रदीप गुरूङकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपी विरूद्ध गेजिङ पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ र एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement