मत्स्यपालन निर्देशालयद्वारा विभिन्न खोलाको निरिक्षण

IMG-20230402-WA0307.jpg

गान्तोक: राज्यको मत्स्य पालन निदेशालयको तत्परतामा राज्यका नदीहरूमा माछाको कति प्रजाति उपलब्ध रहेको साथै यसको प्रशस्तताको मूल्याङ्कन गर्न निदेशालयका कर्मचारीहरूले यहाँको रानी खोला अनि भुसुक खोलामा सर्वेक्षण गरे। यस सर्वेक्षणमा मत्स्य पालन निदेशालयका निदेशक एन. जसवन्तको मार्गनिर्देशनमा माछाका भुर्राहरू पक्रिने कार्य गरियो। यस कार्यमा सह-निदेशक सुरेन्द्र भण्डारी, मत्स्य पालन निदेशालयका खण्ड अधिकारीहरू सोनाम छिरिङ भोटिया अनि सुश्री पूर्णिमा गुरुङ लगायत अन्य कर्मचारीहरूले सहभागिता जनाएका थिए। यस अवधि निर्देशनालयका नयाँ भर्ना भएका कर्मचारीहरूलाई पनि उक्त क्षेत्रमा पाइने विभिन्न माछा प्रजातिको बारेमा जानकारी गराउने कार्य भयो। सर्वेक्षणको निम्ति माछाका भुर्राहरू पक्रिन जाल अनि बल्छीको प्रयोग गरिएको थियो। सर्वेक्षण अवधि रानी खोला अनि भुसुक खोला दुवैबाट असला (सिज़ोथोरैक्स रिचर्डसन) अनि बुदुना (गर्रा लामता अनि गर्रा आनंदाली)-को पहिचान गरियो।

भुसुक खोलाको दुवै किनारमा जालीपुलदेखि मलङथाङ, तल्लो स्यारीसम्म सिजोथोराक्स रिचर्डसनको भुर्रा प्रचुर मात्रामा देखियो। निदेशालयद्वारा वन्यजन्तु संरक्षणका लागि क्षेत्रमा अवैध माछा मार्ने मामिलालाई नियन्त्रण गर्न नियमित गस्ती लगाइनेछ। घर-परिवार तथा अन्य प्रतिष्ठानबाट फाल्ने प्लाष्टिक र फोहोरले नदीको इकोसिस्टमलाई बिगार्ने गरेको पनि सर्वेक्षणमा पाइएको छ। यस्ता क्रियाकलापहरूमाथि नियन्त्रण गर्न निदेशालयले जनतासामु सचेतन फैलाउने कार्य गर्ने भएको छ। मत्स्य पालन निर्देशनालयले नदीको पारिस्थितिकी प्रणालीको संरक्षणका लागि सचेतना फैलाउन भविष्यमा राज्यका विभिन्न स्थानमा नियमित रूपमा यस्तै सर्वेक्षण गर्ने भएको छ।

About Author

Advertisement