राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगिताको समापन

badminton.jpg

गान्तोकः सरकारी माध्यमिक विद्यालय हाथिढुङ्गामा जिल्ला स्तरीय ब्याटमेन्टेन टुर्नामेन्ट अन्तर्गत चारवटा वर्गमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको फाइलन खेल सम्पन्न भयो। उक्त प्रतियोगितामा पुरुष वर्गको अन्डर-१५ खेलमा सोम्बारेका लानाम लिम्बू विजय बनेका छन् भने भेट्रनको फाइनलमा सोमबारेका मोहन थापा र धनराज सुब्बा विजय बनेका छन्।

मिक्स डबलको फाइनलमा सोरेङ ब्याडमिन्टन एसोसिएशनका प्रमोता गुरुङ र निम तेञ्जिङ शेर्पाको जोडीले सोम्बारे ब्याडमिन्टन एसोसिएसनका जोडीलाई पराजित गरे। मेन्स डबलको फाइनलमा सोरेङ ब्याडमिन्टन एसोसिएसनका जोडी सुमेरन तामाङ र निम तेञ्जिङ शेर्पाले सोमबारे ब्याडमिन्टन एसोसिएसनका जोडी लगातार सेटमा परास्त गर्दै जिल्ला स्तरीय च्याम्पियन बन्यो। टुर्नामेन्टको फाइनल खेलका सबै बिजेता र उपविजेता खेलाडीहरुलाई मुख्य अतिथि मन्त्री लोकनाथ शर्माको बाहुलीद्वारा नगद राशि र ट्रफी वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement