सिलगढ़ीः दुवारे राशन परियोजनामा नक्सलबाड़ी तोताराम जोत र कलुआ जोत क्षेत्रमा दुआरे राशन परियोजना अन्तर्गत ग्रामीणहरूलाई एक्सपायरी डेटको आटा बाँड़िन्दै थियो। आइतवार यस घटना को लिएर स्थानीय ग्रामीणहरूले रोष व्यक्त गर्दै प्रदर्शन गरे। आक्रोशित ग्रामीणहरूले दुवारे राशन वितरण बन्द गरे। नक्सलबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो र रोष व्यक्त गरिरहेका ग्रामीणहरूलाई शान्त गरायो।
तृणमूल कङ्ग्रेसका स्थानीय पञ्चायत सदस्य मोहम्मद कलामले यसबारे भने, मानिसहरूले एक्सपायरी डेटको आटा खाए फुड पोइजनिङ हुनसक्छ। यसको विरुद्ध हामी थानामा शिकायत दर्ता गराउनेछौं।