कुचबिहारः सीमा सुरक्षा बल (बीएसएफ) माथि एक व्यक्तिको कुटी-कुटी हत्या गरिएको आरोप लागेको छ। यो घटना जिल्लाको शीतलकुची प्रखण्डको गिदालदह मोरीचा गाउँ संलग्न भारत-बांग्लादेश सीमान्तदेखि आइतवार अघि आएको छ। मृतकको नाम जेलाल मियां बताइएको छ।
मृतकका परिजनहरूको दाबी छ, जेलाल मियां शनिवार साझँदेखि हराएको थियो। परिवारको आरोप छ, आइतवार बिहान बीएसएफको ७५औं बटालियनका जवानहरूले शीतलाकुची प्राथमिक स्वास्थ्य केन्द्रमा जेलाल मियांलाई भर्ती गरायो। जहाँबाट जेलाललाई माथाभांगा महकुमा अस्पतालमा रेफर गरियो। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। अर्कोतिर, घटनाको खबर पाउनसाथ माथाभांगा थाना पुलिस अस्पताल पुग्यो। परिजनहरूको आरोप छ, जवानहरूले जेलालको हत्या गरे औं उसलाई बीएसएफको यूनिफार्म लगाईदिएका थिए। यद्यपि, यस सम्बन्धमा बीएसएफको तर्फबाट कुनै टिप्पणी आएको छैन।
माथाभांगाका एडिशनल एसपी अमित वर्माले भने, ७५औं बटालियनका बीएसएफ जवानहरूले माथाभांगा महकुमा अस्पतालमा जेलाल मियां नाम गरेको एक व्यक्तिलाई अस्पताल पुऱ्याएका थिए। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। पोस्टमार्टम रिपोर्ट आएपछि नै मृत्युको कारण स्पष्ट हुनेछ।