दोस्रो जी-२० टीडब्ल्युजी बैठक विश्वलाई भारतको आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा दर्शाउने अवसर हो: जी किशन रेड्डी
सिलगढी: सिलगढी र दार्जीलिङमा आयोजना भएको दोस्रो जी-२० पर्यटन कार्य समूहको बैठक भारतको आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई विश्वअघि देखाउने सुनौलो अवसर रहेको केन्द्रीय पर्यटन, संस्कृति तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री जी किशन रेड्डी आज यहाँ दोस्रो दिनको कार्यक्रमको उद्घाटन सत्रमा बताएl उद्घाटन सत्रलाई सम्बोधन गर्दै, मन्त्री रेड्डीले भने, ‘सिलगढी उत्तर पूर्वको लागि प्रवेशद्वार हो, यसले अद्भुत यात्रा अनुभवहरू प्रदान गर्दछl यसका साथै विभिन्न मठ र मन्दिरहरूमा आध्यात्मिकतालाई बढावा दिन्छ र राष्ट्रिय निकुञ्जको रूपमा वन्यजन्तु र प्राकृतिक सौन्दर्यको साक्षी दिन्छ, शिविरमा वाटर राफ्टिङ जस्ता साहसिक कार्य गर्दछl’

उनले भने, ‘दार्जीलिङ हिमालयन रेलवे जसलाई सामान्यतया खेलौना ट्रेन भनेर चिनिन्छ, पहिले नै युनेस्कोको विश्व सम्पदा सूचीमा लेखिएको छ। सिलगढी विविधता, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको संयोजनको लागि महत्वपूर्ण छ। यो भारतको मूर्त रूप हो, एक देश जहाँ विविधताले आनन्द दिन्छ, संस्कृतिले प्रेरणा दिन्छ, परम्पराले बोल्छ र सुन्दरतालाई मोहित पार्छl’ रयान अफ् कछ गुजरातमा आयोजना भएको जी२० टीडब्ल्युजीको पहिलो बैठकमा २०० भन्दा बढी बौद्ध गुम्बा, ४० वटा युनेस्कोले विश्व सम्पदा सूचीमा परेका, १ लाखभन्दा बढी राज्य तथा राष्ट्रिय पुरातात्विक स्थलहरू, लाखौं विभिन्न धर्मका प्रार्थना केन्द्रहरू, बसोबास गर्ने मन्दिरहरू र अन्यलाई प्रकाश पारिसकेको उनले बताए। ‘हरित पर्यटन, डिजिटलाइजेशन, स्किलिङ, पर्यटन एमएसएमई र गन्तव्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ’, उनले भने।
मन्त्री रेड्डीले भने, ‘दोस्रो जी-२० टीडब्ल्युजी बैठकको भिजन भनेको आन्तरिक पर्यटनलाई मिशन मोडमा प्रोजेक्ट गर्नु हो। यसले भारतलाई पर्यटन क्षेत्रमा आफ्नो सम्भावनालाई अधिकतम बनाउन पनि मद्दत गर्नेछl’ पर्यटन क्षेत्रलाई बढावा दिन, यो वर्ष सरकारले भिजन भारत-२०२३’को पालना गरिरहेको छ। ‘भिजन इण्डिया-२०२३’ एउटा अद्वितीय सामूहिक क्षण हो जसले विश्वलाई ऐतिहासिक युगमा भारतको अन्वेषण गर्न निमन्त्रण दिन्छl’

सिलगढीमा प्रतिनिधिहरूलाई स्वागत गर्दै, केन्द्रीय अल्पसंख्यक मामिला राज्यमन्त्री जोहन बारलाले भने, ‘पश्चिम बङ्गाल एउटा भूमि हो, जहाँबाट भारतको राष्ट्रिय गीत प्राप्त भयो। मध्ययुगीन कालदेखि नै, बङ्गाल साहित्य, कला, सामाजिक, संस्कृतिका क्षेत्रमा भारतको सबैभन्दा धनी भाग भएको छ। पश्चिम बङ्गाल धेरै साहित्यकारहरूको घर हो, जसलाई विश्वले सम्मान गरेको छ रवीन्द्र नाथ टैगोर, अमर्त्य सेन, सेन्ट मदर टेरेसा र सी.वी. रामन केही नामहरू हुन्l’ उनले अझ भने, ‘पश्चिम बङ्गाल भारत मात्र नभई विश्वका लागि पनि मनपर्ने पर्यटकीय गन्तव्य हो, र यसैले देशको यस भागमा थप ग्लोब-ट्रोटरहरूलाई आमन्त्रित गर्न पूर्वाधार र पर्यटनको प्रवर्द्धन मिलेर भइरहेको छl’ यस अवसरमा केन्द्रीय पर्यटन मन्त्रालयका सचिव अरविन्द सिंहले पनि वक्तव्य प्रस्तुत गरे। उपस्थित आमन्त्रित प्रतिनिधीहरुमा सांसद राजु बिष्ट श्रीमती. नन्दिदनी चक्रवर्ती, प्रमुख सचिव, पर्यटन मन्त्रालय, पश्चिम बंगाल सरकार र अन्य वरिष्ठ पर्यटन अधिकारीहरू उपस्थित थिए। -पीआईबी