दार्जिलिङ: पश्चिम बंगालको राज्यपाल सीभी अानन्दा बोसले आज दार्जिलिङको विभिन्न स्थानहरू पुगेर भ्रमण गरेका छन्। बंगालको राज्यपाल बनेपछि ये उनको पहिलो दार्जिलिङ भ्रमण रहेको छ। उनी आफ्नो पहिलो भ्रमण लिएर हिज दार्जिलिङ आएका थिए। बंगालको राज्यपाल सीभी आनन्दा बोसले आज दार्जिलिङको विभिन्न स्थानहरू जस्तै ह्याप्पी भेल्ली चियाबारी, हिमायलन माउन्टेरिङ इन्स्टीट्युट लगायत अन्य स्थानहरू पुगेका थिए। उनले माउन्टेरिङ इन्स्टीट्युट पुगेर तेञ्जिङ नोर्गेको सालिगमा श्रध्दाञ्जली अर्पण गरेका थिए। उनले घुममा पुगेर दार्जिलिङ हिमालयन रेलवेको जोई राईड पनि गरेका थिए। यसावधि पत्रकारहरूसित कुराकानी गर्दै राज्यपाल सीभी आनन्दा बोसले आफु यहाँ दार्जिलिङ आएर धेरै आनन्द लिईरहेको अनि दार्जिलिङको चिया विश्व प्रसिद्ध रहेको कुरा बताएका छन्। उनले अब अझैं केही दिन दार्जिलिङमै बस्ने बताएका छन्।

बंगालको राज्यपाल सीभी आनन्दा बोस दार्जिलिङ आएको समय यहाँ जी ट्वेन्टीको प्रतिनिधिहरूका सभा भोलि सोमबार 3 अप्रेलको दिन दार्जिलिङको माल रोडस्थित गवनर्स हाउसमा हुने भएको छ।