महारानी गुम्बामा तीन दिवसीय डोल्मा पूजा सम्पन्न

IMG-20230402-WA0268.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग-सन्तमेरिज समष्टिको महारानी चिया बगानस्थित गुम्बामा तीन दिवसीय डोल्मा पूजाको आज समापन गरियो। स्मरण गराइन्छ यस गुम्बा निर्माण कार्यको निम्ति जीटीए कार्यपाल अनित थापाले धेरै सहयोग पुर्याएका थिए र आज यसै डोल्मा पूजाको अन्तिम दिन गुम्बा म्हाणिपा संघका प्रतिनिधिहरुले अनित थापाप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्। आजको यस धार्मिक अनुष्ठानमा अनित थापा उपस्थित नभएता पनि टुंग-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा उपस्थित रहेका थिए। आफ्नो क्षेत्रलाई यसरी प्रतिनिधित्व गरी धार्मिक अनुष्ठानमा आफ्नो उपस्थिति दिन पाएकोमा अति आनन्द अनि हर्ष प्रकट गर्दै पूजा आयोजक समितिप्रति सभासदद्वारा हार्दिक आभार प्रकट गरिएको जानकारी बिराज थापाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement