मुख्यमन्त्रीको सभामा छात्रा अस्वास्थ्य, मुख्यमन्त्रीद्वारा चिकित्सा व्यवस्था

photocollage_20226716456912.jpg

अलिपुरद्वार। अलिपुरद्वारको परेड ग्राउण्डमा आज मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा सभामा अंशग्रहण गरिरहेकी थिइन्। उक्त सभामा आएकी एकजना छात्रा आज अचानक अस्वास्थ्य भएपछि मुख्यमन्त्रीले स्वयमले नै उक्त छात्रालाई उपचारको व्यवस्था गरिदिइन्। अलिपुरद्वारको परेड ग्राउण्डमा आज मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा सभा रहेको थियो। उक्त सभामा बीरपाडाबाट आमा परपिना बेगमसित छात्रा मुस्कान परबीन पनि आएकी थिइन्। सभामा अचानक उक्त छात्रा मुस्कान अस्वास्थ्य भएपछि मुख्यमन्त्री ममताले तिनको उपचारको व्यवस्था गरिदिइन्। मञ्चमा आसिन जलपाइगढीका विधायक तथा डा. पीके बर्माले उक्त छात्राको स्वास्थ्य जाँच गरे। छात्राको आमा आरपिना बेगमले भनिन्, छोरी अस्वास्थ्य हुँदा मुख्यमन्त्रीले अघि आएर चिकित्साको व्यवस्था गरिदिएकोमा म निक्कै खुशी छु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *