गोरामुमो मङ्पु लाठपञ्चार समष्टी गठन

IMG-20230402-WA0264.jpg

केबी गुरुङ समष्टी सभापति चयन

खरसाङ: केबी गुरुङ गोरामुमो मङ्पु लाठ्पञ्चर समष्टिको अध्यक्ष पदमा चयन भएका छन्। गोरामुमो मङ्पु लाठ्पञ्चार समष्टिको सांङ्ठनिक सभा खरसाङ महकुमा अन्तर्गत सिटोङको जोगीघाटमा सम्पन्न भएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको प्रमुख उपस्थितिमा केन्द्रीय समिति सदस्य रबीन लामा, दावा योनजन, एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, ब्राञ्च कमिटी सदस्य साङ्गे रुम्बा, समष्टिका प्रतिनिधिवर्ग लगायत गोरायुमो सदस्यवर्ग उपस्थित रहेका थिए। आजको सभामा सांङ्ठनिक विस्तारको निम्ति चर्चा परिचर्चा गर्दै समष्टि पुनः गठन गरियो। यसै क्रममा समष्टिको निर्णयमा सर्वसहम्मतिले समष्टि अध्यक्ष पदमा केबी गुरुङलाई चयन गरियो। यसै गरी महासचिवमा निर्मल तामाङलाई चयन गरियो भने उपाध्यक्षमा पीके सुब्बा,
सह-सचिवमा मिलन शेर्पालाई चयन गर्दै बाह्रजनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। नयाँ प्रतिनिधिवर्गलाई निमा लामाले खदा लगाएर स्वागत जनाउँदै बधाई दिएका छन्। यसै क्रममा सिक्सिन फरेस्टबाट बीबी राई साथै उनको सहयोगीहरु हाम्रो पार्टी त्यागेर गोरामुमोमा सामेल भएका छन् । सभापछि निमा लामाले सम्बोधन गर्ने क्रममा भने, वर्तमान पहाडको राजनैतिक परिवेशलाई बुझ्दा गोरामुमो पार्टी मात्र गोर्खाहरुको हितको निम्ति कार्य गरिरहेका छन्। अन्य राजनैतिक दलहरु खोला नाला भन्दै कमिशन र भ्रष्टाचारमा लिप्त छन्। तर हामी लागि परेका छौं। संस्थापक अध्यक्ष सुवास घिसिङको राजनैतिक दुरदर्शिता अनुरुप गोर्खाहरुले न्याय पाउने हामी विश्वस्त छौं।’

पञ्चायत चुनाव विषय लिएर बोल्दै निमा लामाले भने, केन्द्रीय समितिको बैठकपछि पार्टीले निर्णय लिइने छ। अब केन्द्र सरकारले पनि ढिलाई गर्नु हुँदैन।गोर्खाहरुले दिएको सम्मानलाई कदर गर्दै स्थायी राजनैतिक समाधानमार्फत् गोर्खाहरुलाई न्याय चाडैं दिन्छ भनी हामी विश्वस्त छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement