बगानहरूमा एचएचआईटीडीसीएसएसले शाखा गठन गर्ने

IMG-20230402-WA0247.jpg

दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले मिरिक क्षेत्रको १२ वटा चिया बगानहरूमा शाखा गठन गर्ने निर्णय लिएको छ। हाम्रो पार्टीको मिरिक कार्यलयमा आज हाम्रो पार्टीको कार्यकर्ताहरूसंग हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय नेतृत्वहरूले यस बिषय बैठक गरयो। यस अवधि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पक्षबाट केन्द्रीय अध्यक्ष डीके गुरूङ स्वयम उपस्थित रहेका थिए। त्यसरी नै प्रमुख सल्लाकार राजु सुब्बा आदि उपस्थित रहेका थिए। हाम्रो पार्टीको पक्षबाट मिरिक क्षेत्रका अध्यक्ष प्रशान्त लामा, केन्द्रीय कार्यकर्ता लाडुप घिसिङ आदि पनि उपस्थित रहेका थिए। बैठकमा धेरै लामो चर्चा परिचर्चा पछि मिरिक क्षेत्रका २३, २४, २५ नम्बर समष्टिहरूमा १२ वटा चिया बगानहरू रहेका छन अनि ती चिया बगानहरूमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संधको शाखा प्रशाखाहरूको गठन गर्ने निर्णय लिए। यस अवधि मिरिक क्षेत्रका पार्टी कार्यकर्ता एंव श्रमिक संघका नेतृत्वहरूले १० देखि १२ दिनभित्रमा शाखा प्रशाखाहरूको गठन गर्ने आश्वसन दिए। स्मरण रहोस हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले श्रमिक हरूको पक्षमा गर्दै आई रहेको कार्यहरूले गर्दा पहाडको चिया श्रमिकहरूको मन मस्तिकमा एचएचटीडीसीएसएस प्रति आस्था र भरोसा जागेको छ अनि चिया श्रमिकहरू ले आफुहरूको चिया बगानहरूमा पनि शाखा प्रशाखा हरूको गठन गरी दिने अनुरोधहरू गर्दै आई रहेको भएता पनि समयको अभावहरूले गर्दा कतिपय चिया बगानहरूमा शाखा प्रशाखाहरूको गठन हुन सकेको थिएन तर अब हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले प्रत्येक चिया बगानहरूमा शाखा प्रशाखाहरूको गठन गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement