श्रमिकहरूको न्यूनतम मजदूरीको मागमा रिले अनशन

IMG-20220607-WA0112.jpg

बानरहाट। एकातिर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको भ्रमणमा रहेको समयमा आजदेखि नै चियाबारी श्रमिकहरूको न्यूनतम मजदूरी, जमिनको पट्टा, डबली पैसामा बढोत्तरी साथै विभिन्न मुद्दाहरूलाई लिएर भारतीय जनता पार्टी समर्थित भारतीय टी वर्कस युनियन (बीटीड्ब्लुयु) को तर्फबाट बानरहाट खण्ड अन्तर्गत रहेको लखिपाडा चियाबारीमा रिले अनसन शुरु गरेको छ। आज पहिलो दिन श्रमिकहरूले फ्याक्ट्री गेटअघि चारजना श्रमिकहरू क्रमैले लखिपाडा युनिट सभापति सिताराम उराउँ, सचिव कुमार सार्की, महिला कार्यकर्ता लिला महाली अनि मञ्जु उराउँले अनसनमा भाग लिएका छन्। भारतीय टी वर्कस युनियनका बानरहाट ब्लक सभापति जयराज विश्वकर्माले भने, १८ पटकसम्म पनि श्रमिकहरूको मजदुरीको फैसला नहुनको कारण नै बाध्य भएर श्रमिकहरू यसरी भोक हड्तालमा बस्नु परिरहेको छ। जबसम्म चियाबारी मालिकहरूको सङ्गठन सीसीपीएबाट सकारात्मक पहल गरिँदैन जबसम्म अब यो आन्दोलन जारी रहने बताएका छन्। आज बिहान श्रमिकहरूले गेट मिटिङ गरेपश्चात आजदेखि नै १२ घण्टे रिले भोक हडताल पनि सुरु गरेको जानकारी पनि तिनले बताए। यता अनशनकारीहरू क्रमैले सिताराम उराउँ, कुमार सार्की, लीला महाली ,मञ्जु उराउँले भने, हाम्रो यो भोक हड्ताल सम्पूर्ण पहाड तराई डुवर्सका चियाबारीका श्रमिकहरूको निम्ति हो। केवल हाम्रो दलको निम्ति मात्र नभएर सम्पूर्ण श्रमिकहरू कै निम्ति भोक हड्ताल बसेको हो भने बताए। जबसम्म हामीले न्याय पाउँदैनौं तबसम्म यो रिले अनसन जारी रहने पनि तिनीहरूले थप जानकारी गराए। भारतीय टी वर्कर्स युनियनका संयोजक भिक्टर बारलाले मालिक पक्षहरूले श्रमिकहरू माथि दमन गरेको कारणले नै आज न्यूनतम मजदूरीको हुन नसकेको बताए। यदि यस पटक पनि हाजिरी वृद्धि नभए योभन्दा पनि बृहत् आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement