पहाडलाई एक सूत्रमा बाँध्ने हाम्रो अभियानलाई अघि लैजानु छ: अनित थापा

IMG-20230402-WA0263.jpg

दार्जिलिङ: बीजीपिएम पार्टीलाई अहिले चारैतिरबाट भालाले घोच्नु खोज्दैछ। तर हाम्रो बीजीपीएम पार्टीलाई कुनै पनि भालाले मार्नु सक्दैन बरु भाला भाँचेर जाला। हाम्रो समूह एकबद्ध छ अनि सशक्त छ भनी भागोप्रमो केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आज बताएका छन्।
दार्जिलिङको भागोप्रमो पार्टीको कार्यालयमा विभिन्न स्थानहरूबाट ५०० भन्दा बढी परिवारहरू आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। त्यस सामेल कार्यक्रममा पार्टी अध्यक्ष अनित थापाले नयाँ सदस्यहरूलाई स्वागत गर्दै भने, “हाम्रो परिवारको सदस्य भएपछि तपाईहरु हाम्रो जिम्मेवारी हो। आजदेखि हाम्रो भिजन अनि मिशन एउटै भयाे। पहाडलाई एक सूत्रमा बाँध्ने हाम्रो अभियानलाई अघि लैजानु छ।टुक्रिएको पहाडलाई सिङ्गो पहाड बनाउनु छ। अन्यको होच्याई, लाञ्छानाले हाम्रो लक्ष्यदेखि हामीलाई भड्काउन सक्दैन। हामीले धेरै मानिसको विश्वास जितेका छौं। हाम्रो काम गर्ने तरिका नै सही तरीका अनि बाटो रहेछ भन्ने मानिसको सोच बन्दैछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement