नक्सलबारी युवाको सञ्चालनमा ‘एनएस आमरा युवा कप २०२३’ फुटबल प्रतियोगिता आयोजना

IMG_20230402_211540.jpg

नक्सलबारीः नक्सलबारी युथको आयोजनामा नक्सलबारीस्थित निखिल स्मृति मैदानमा ‘एनएस आमरा युवा कप २०२३’ फुटबल प्रतियोगिता सुरु भएको छ। आज रङ्गारङ्ग जुलुस र साँस्कृतिक कार्यक्रमबाट खेल सुरु भएको थियो। सिलगढीका मेयर गौतम देवले दीप प्रज्वलन गरेर खेलको उद्घाटन गरे। यस क्रममा उपमेयर रञ्जन सरकार, सिलगढी महाक्मा परिषद्का अध्यक्ष अरुण घोष, जिल्ला अधिकारी एस पनाम्बलम, अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष, एसडीपीओ अचिन्त्य गुप्ता र अन्य उपस्थित थिए।
यस प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको बताइएको छ। जसमा असम, कोलकाता, ओडिशा, सिक्किम, झारखण्ड, मेरठ, मेघालय र नेपालका फुटबल टोलीहरू सामेल छन्। पहिलो दिन ईस्ट बङ्गाल र एमएम एफसी नक्सलबारी बिचको खेलबाट सुरु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement