भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीले आगामी पञ्चायत चुनावलाई लिएर सांगठनिक गतिविधि शुरु गरेका छन्। यसै क्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको घैयाबारीस्थित पार्टी कार्यालयमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा विशेष गरी महानदी ग्राम पञ्चायत स्तरीय कमिटी, घैयाबारी ग्राम पञ्चायत तीन र शिवखोला ग्राम पञ्चायत स्तरीय कमिटीहरू र पार्टी कार्यकर्ताहरुलाई लिएर सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानको अध्यक्षता र समष्टीको सांगठनिक सचिव बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सांगठनिक सचिव सीबी राई, महानदी ग्राम पञ्चायतको संयोजक श्यामकुमार खवास, घैयाबारी ग्राम पञ्चायत तीनको संयोजक प्रेम प्रधान, शिवखोला ग्राम पञ्चायतके संयोजक राजु लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, सभाध्यक्ष एंव तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधान आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले आगामी पञ्चायत चुनावलाई लिएर पार्टीको सांगठनिक गतिविधि र क्रियाकलाप विषयमा वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने तीनवटा ग्राम पञ्चायतहरू क्रमैले महानदी, शिवखोला र घैयाबारी ग्राम पञ्चायत तीनको पार्टीका पदाधिकारीहरू रकार्यकर्ताहरु उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिपन विश्वकर्मले आजको सभा विषयमा जानकारी गराएका छन्। उनले आगामी पञ्चायत चुनावलाई लिएर भागोप्रमो तीनधारे महानदी समष्टिले सांगठनिक गतिविधिहरूलाई सक्रिय पारेर लगेको छ र यसै क्रममा आज तीनधारे महानदी समष्टिको तीनवटा ग्राम पञ्चायतहरू महानदी, शिवखोला र घैयाबारी तीन ग्राम पञ्चायतको पार्टी प्रतिनिधिहरूले लिएर सांगठनिक सभा सम्पन्न भएको छ भनी बताएका छन्। उनले चाढ़ै नै घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रलाई लिएर पनि ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरिने बताउँदै आगामी ग्राम पञ्चायत चुनावलाई लिएर तीनधारे महानदी समष्टिभित्र पर्ने चारवटा ग्राम पञ्चायतको हरेक बुथ र संसदहरूमा पनि संसद स्तरीय कमिटी गठन गरिने बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सांगठनिक सचिव बिपन विश्वकर्मले आगामी पञ्चायत चुनावलाई लिएर भागोप्रमोको टोली तयार रहेको र प्रत्येक गाउँमा गएर पार्टीको गतिविधिहरूलाई सक्रिय गरिरहेको साथै पञ्चायत चुनावमा पहाड़को सबै राजनीतिक पार्टीहरूले पनि भाग लिने कुरामा भागोप्रमो पूर्ण रुपमा तयार रहेको र पञ्चायत चुनावमा भाग लिने सबै पार्टीको प्रतिनिधिहरूलाई शुभकामना पनि दिएका छन्।