गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट हरिप्रसाद छेत्रीको निधनमा शोक समवेदना पत्र प्रदान

IMG-20230402-WA0250.jpg

तीनधारे: भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको टोली स्व हरिप्रसाद छेत्रीको घरमा पुगेर शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्। गोर्खा जनपुस्ताकालय खरसाङको टोलीमा वरिष्ठ सदस्य एंव समाजसेवी तिलक शर्मा, पूर्व सभापति रबीनकुमार प्रधान, उपाध्यक्ष प्रकाश प्रधान, मूल सचिव विनोद रसाइली, कार्यकारी सदस्य कृष्ण पाण्डे अनि सदस्य हनोक थापा आदि उपस्थित रहेका थिए। उक्त टोलीले तीनधारेको गोलाई पाखास्थित निजी वासस्थानमा पुगेर हरिप्रसाद छेत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गर्दै समवेदना पत्र हस्तान्तरण गरेका थिए। गोर्खा जनपुस्ताकालय खरसाङको समवेदना पत्र मूल सचिव विनोद रसाइलीले पठन गरेर शोकित परिवारमा सुनाएका थिए। उल्लेखनीय छ स्व हरिप्रसाद छेत्री गोर्खा जनपुस्ताकालय खरसाङको आजीवन सदस्य रहेका थिए। पुस्तकालयप्रति र समाजप्रति हरिप्रसाद छेत्रीले दिएको योगदानलाई सम्झना गर्दै पुस्तकालयक टोलीले शोकित परिवारसित भेट गरेर शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement