खाड़लमा फसेको हात्तीको छावालाई निकालियो

IMG-20220607-WA0109.jpg

कालचिनी। सोमबार राती प्रायः १ बजी निमती रेञ्जको जङ्गलबीच एउटा खाड़लमा फसेको हात्तीको छावालाई बन विभागले प्रायः ५ घन्टाको प्रयासमा अन्ततः सकुशल उद्धार गर्न सफल भएको छ।बक्सा ब्याघ्र प्रकल्प पश्चिम अन्तर्गत निमती रेञ्जका जङ्गलमा राती हात्तीको एउटा झुण्ड घाँस चर्दै जाँदा जङ्गलको एउटा खाल्डोमा झुण्डको एउटा एक बर्षीय नर छावा हात्ती खस्न पुगेको थियो।
उक्त छावा फसेकोले हात्तीको चिच्याहट बनकर्मीहरुले सुनेपछि घटनास्थलमा निमती रेञ्ज र पोरो रेञ्जका बनकर्मीहरू पुगेर हात्तीको झुण्डलाई केही पर भगाएपछि बनकर्मीहरुले एएफडी बीटीआर पश्चिमको निर्देशमा एउटा जेसीबी बोलाएर उद्धार कार्य सम्पन्न गरेको थियो। प्रायः ४ घन्टासम्म जेसीबीको मदतमा बनकर्मीहरुले उक्त हात्तीको छावालाई सकुशल उद्धार गरेपछि निमती बी १ कम्पार्टमेन्टमा रहेको छावाको अभिभावक झुण्डमा फर्काई पठाउन सफल भएको बक्सा ब्याघ्र प्रकल्पको डीएफडी सुत्रले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement