तीनधारे: तीनधारे क्षेत्रका सामाजिक व्यक्तित्व, शिक्षाविद् साथै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको निधनमा तीनधारेमा शोक सभा सम्पन्न भएको छ। उक्त शोक सभा साहित्य कला संस्थान तीनधारेको आयोजनामा संस्थानकै अध्यक्ष रञ्जनकुमार रसाईलीको अध्यक्षतामा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको भवनमा सम्पन्न भएको छ। उक्त शोक सभामा साहित्य कला संस्थानको पदाधिकारीहरू उपस्थित भएर हरिप्रसाद छेत्रीको आत्माले शान्ति पाऊन् भनी ईश्वरसित प्रार्थना गर्दै मौन धारण गरिएको थियो भने उपस्थित सबैले हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। उक्त शोक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थानको मूल सचिव सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे क्षेत्रको ज्वेलर्स, शिक्षाविद् एंव राष्ट्रीय शिक्षक सेवा पुरस्कारद्वारा सम्मानित हरिप्रसाद छेत्रीको निधनमा साहित्य कला संस्थान तीनधारेको पक्षमा शोक सभा आयोजना गरिएको जानकारी गराएका छन्। उनले हरिप्रसाद छेत्रीको निधनमा आगामी ९ अप्रेलको दिन तीनधारेमा श्रध्दाञ्जली कार्यक्रम आयोजना गरिएको र उक्त श्रध्दाञ्जली कार्यक्रममा स्व हरिप्रसाद छेत्रीको परिवार पक्ष पनि रहने बताएका छन्। उनले आगामी ९ अप्रेलको दिन हुने श्रध्दाञ्जली कार्यक्रममा तीनधारे क्षेत्रका सबै संघ संस्थाहरू, शैक्षिक संस्थानहरू र समाज सेवी, साहित्य, कला, शिक्षा र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।