तृणमूल टाउन-२ का सदस्यहरू रगतको अभाव समाधान गर्न अगाडि आए

9f4a78a4-2288-4fe3-b57e-799d33175a03

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल टाउन-२ का सदस्यहरू रगतको अभाव समाधान गर्न अगाडि आएका छन्। सिलगढी नगरपालिकाको वार्ड नम्बर १६ को तृणमूल टाउन-२ -को तर्फबाट आइतबार रक्तदान शिविर आयोजना गरिएको थियो। यसदिन शिविरमा महिला र पुरुषबाट लगभग १०० युनिट रगत सङ्कलन गरिएको थियो। उक्त सङ्कलित रगतलाई तराई लाइन्स ब्लड ब्याङ्कमा पठाइनेछ। शिविरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष आलोक चक्रवर्ती, वार्ड नम्बर १६ तृणमूलका मदर अध्यक्ष प्रदीप देव, प्रख्यात सामाजिक कार्यकर्ता मदन भट्टाचार्य र तृणमूल टाउन २-का सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement