कमल गुहापछि अब उद्यन गुहाले ज्योति बसुमाथि भ्रष्टाचारको आरोप लगाए

de891db4-cb18-459d-b345-50f2dd3518d4

कुचबिहार: कमल गुहापछि अब उत्तर बंगालका विकास मन्त्री उदयन गुहाले पूर्व मुख्यमन्त्री ज्योति बसुमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । वाम कालमा मेडिकल कलेजमा सिट संख्या कम हुँदा असल विद्यार्थीलाई पढ्नबाट वञ्चित गरेर कम असल विद्यार्थीलाई मेडिकल पढ्ने अवसर दिएको उनको आरोप छ । उनले ज्योति बसुले दिनहाटा माकपा नेता माणिक दत्तका छोरालाई मेडिकल कलेजमा भर्ना गराएको बताए। दिनहाटामा आयोजित सभालाई सम्बोधन गर्दै उदयन गुहाले यस्तो आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement