सिलगढी: भारतीय प्रजातान्त्रिक युवा महासंघको राज्य समितिले पारदर्शी रूपमा रिक्त पदहरूमा नियुक्तिको माग गर्दै १३ अप्रेल उत्तरकन्या अभियानको आह्वान गरेको छ।यसै अभियानलाई मध्यनजर गर्दै भारतीय प्रजातान्त्रिक युवा महासंघ र विद्यार्थी महासंघको संयुक्त प्रयासमा आठरोखाई क्षेत्र समितिले आइतबार रक्तदान शिविर आयोजना गरेको थियो । उक्त रक्तदान शिविरमा लगभग एकसय जनाले रक्तदान गरेका थिए । संकलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालको ब्लड सेन्टरमा पठाइएको बताइएको छ।