१४४ बोतल अवैद्य कफ सीरप सहित एकजना पक्राउ

5800c908-c9fe-452c-a652-1a015cb52e22

कालचिनीः शनिबार अबेर साँझ जयगाउँ थानाको पुलिसबलले दलसिंहपाड़ा मालगोदाम क्षेत्रबाट जयगाउँ मेचे बस्ती निवासी युवक शाहजहाँ खान उमेर २१ लाई जम्मा १४४ बोतल अवैद्य कफ सीरपसहित पक्राउ गरेपछि उक्त युवकलाई अदालतमा पठाएको जयगाउँ थाना सुत्रले जनाएका छन्।
नियमित नाका जाँचको समय उक्त युवकलाई उक्त नशालु कफ सीरपसितै भेटाईएको थियो भने सो नशालु कफ सीरप कतै बेच्ने ताकमा रहेको थियो। यस अघि पनि पुलिसले धेरै नशालु ट्याबलेट र कफ सीरप धन्धमा संलग्न आरोपीहरूलाई पक्राउ गर्दै जेल पठाएको र यो‌ अभियान निरन्तर जारी रहने पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement