कालचिनीः गत २९ मार्चको राती कोचबिहार तुफानगञ्जबाट ३१सी राष्ट्रिय राजमार्गमा लुटपाट गर्ने ३ जना असम धुबरी निवासी आरोपीहरूलाई पक्राउ गरेर ३० मार्चको दिन अलिपुरद्वार जिल्ला अदालतमा पठाएको थियो भने आईतबार जेल हिफाजतमा रहेको ती तीनैजना आरोपीहरबलाई कालचिनी थानामा ५ दिनको पुलिस रिमान्डमा ल्याईएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।
स्मरण रहोस, विगत २५ फरवरीको दिन दमनपुर संलग्न ३१सी राष्ट्रिय राजमार्गबाट एउटा कुखरा भ्यानलाई रोकेर ती लुटेराहरूले प्रायः डेढ़ लाख रुपियाँ लुटेर चम्पट कसेको थियो भने सो सम्बन्धमा कालचिनी थानामा लिखित अभियोग दर्ता भएको थियो।
सोही मामिलाको आधारमा पुलिसले लुटेराहरूको खोजी चलाईरहेको क्रममा कोचबिहार तुफानगञ्जमा ती लुटेराहरू लुकेर बसेको अभियान चलाएर पक्रन सफल भएको थियो। पुलिस रिमान्डमा ५ दिनको निम्ति ल्याईएको र लुटेराहरूको अझै एकजना सदस्य भागेकोले त्यसलाई पक्रन पुलिसले खोजी चलाईरहेको र राजमार्ग लुटपाट मामिलामा अझै धेरै आरोपीहरूको तार जोड़िएको हुनसक्ने पुलिसले अनुमान गरेका छन्।