म बन्दुकसँग डराउँदिन: ममता ब्यानर्जी

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको दुई दिने भ्रमणमा छिन्। अलिपुरद्वार जिल्ला पुगेकी मुख्यमन्त्री ममता ममता ब्यानर्जीले भाजपामाथि बङ्गाल विभाजन गर्ने प्रयास गरेको आरोप लगाएकी छिन्। उनले भनिन्, ‘भाजपाले हाम्रो बङ्गाललाई विभाजन गर्न खोजिरहेको छ। तर हामी त्यसो हुन दिँदैनौं। यसका लागि हामीले रगत बगाउनु परे पनि हामी यो हुन दिँदैनौं।’ उनले अझ भनिन्, ‘म बन्दुकसँग डराउँदिनl कुनै पनि हालतमा बङ्गालको विभाजन हुँदैन। केही नेताहरूले बन्दुक लिएर मलाई तर्साउन खोजिरहेका छन्, तर म कुनै पनि हालतमा डराउने छैन भन्न चाहन्छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement