असम: पर्यटकहरूको आकर्षण बन्दै मानस राष्ट्रिय उद्यान

manas-national-park.jpg

गुवाहाटी: विश्व सम्पदा क्षेत्र मानस राष्ट्रिय उद्यानले आशाको किरण लिएर आएको छ। बाघको सङ्ख्यामा वृद्धि र बाघको स्वतन्त्र आवतजावतका कारण बाघका लागि प्रख्यात यो राष्ट्रिय उद्यानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरिरहेको छ। बाघ र चितुवाको स्वतन्त्र आवतजावतलाई राष्ट्रिय उद्यानसँग नजिक रहेका पर्यटक गाइड अविनाश बोडोले क्यामेरामा कैद गरेका छन्। पर्यटक गाइड अविनाश बोडोका अनुसार केही दिनदेखि बाघ र चितुवाको स्वतन्त्र आवतजावत भइरहेको छ। राष्ट्रिय निकुञ्जमा रोयल बेङ्गाल टाइगर, ब्ल्याक प्यान्थर, चितुवा र एक प्रजाति गरी जम्मा चार प्रजातिका शिकारी जीव पाइन्छ। यसैबीच मानस बाघ आयोजनाको पचास वर्ष पूरा भएको अवसरमा मानस बनाबाडी रेञ्जका रेञ्जर अभिनब बरुवाले मानस बाघ आयोजनामा पहिलेको तुलनामा धेरै सुधार भएको बताउनुभएको छ। स्थानीय सर्वसाधारणको सहयोगमा अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ। आयोजनाको पचास वर्ष पूरा भएको अवसरमा कार्यक्रम आयोजना गर्ने योजना रहेको उहाँले बताउनुभएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *