सिलगढी: आइतबार मेयरको उपस्थितिमा सिलगढीको मोहनबागन एभिन्यु सड़कको उद्घाटन गरियो। सिलगढी नगर निगमले ऐतिहासिक कदमको रूपमा मोहन बगानको नाममा सडकको नामाकरण गरिएकोमा शहरका फूटबलप्रेमी खुशी छन्। मोहनबागनको बिजेता टोली आइतबार मोहनबागन एभिन्यूको उद्घाटनको अवसरमा सिलगढी आएर कार्यक्रममा भाग लिएका छन। आईएसएल च्याम्पियन मोहन बागान टोलीलाई स्वागत र सम्मान गर्न, पुरै सिलगढीलाई आइतवार मोहन बागान जर्सीको हरियो र मरुन रंगमा रंगिएको देखियो। सो अवसरमा महानन्दाको लालमोहन मौलिक घाटमा आयोजित कार्यक्रममा मेयर गौतम देव, उपमेयर रञ्जन सरकार लगायत महानगरपालिकाका अन्य गण्यमान्य व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

उक्त सांस्कृतिक कार्यक्रममा हरियो-मरून साडी लगाएका महिलाहरूले सुन्दर गीत-नृत्य प्रस्तुत गरेका थिए। सो अवसरमा हरियो-मरून रङ्गको जर्सी लगाएका मोहनबागन टोलीसहित समर्थकहरूले ढाक-ढोलसहित र्याली निकालेका थिए। समग्रमा, आज मोहनबागन टोलीको सम्मान र मोहनबागन एभिन्यूको उद्घाटन कार्यक्रममा पूरै सहर हरियो मरुन रङले रङ्गिएको थियो।