चियाको पातमा लाग्ने किराहरू रोक्न नयाँ जैविक प्रबिधी

2646caff-d945-4e80-94f7-38c1705b67e5

गुवाहाटी: असमको जोरहाटमा रहेको टोक्लाई चिया अनुसन्धान संस्थानका अन्वेषकहरूले चिया बगैंचामा लाग्ने किराहरूको रोकथाम गर्न नयाँ जैविक प्रबिधिको विकास गरेका छन् ।चिया बगानमा किराको प्रकोप एक प्रमुख चुनौती हो, जसले ठूलो मात्रामा नोक्सानीं निम्त्याउँछ। कीटनाशक छर्केर केही हदसम्म किराको प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ, तर केमिकलको सम्पर्कले चियाको गुणस्तरलाई पनि असर गर्ने गर्छ। महामारीको समयमा लकडाउनको कारण धेरै चिया बगानमा समयमै विषादी लगाउन नसक्दा ठूला चिया कम्पनीहरूले किराको प्रकोपका कारण २० देखि २५ प्रतिशतसम्म बाली नोक्सानी बेहोरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement