सेरि एः युभेण्टस विजयी, इण्टर मिलानको हार

IMG-20230402-WA0115.jpg

२ अप्रेलः इटालियन सेरि ए फूटबलमा इण्टर मिलानलाई खराब फर्मले पछ्याउन जारी राख्यो भने युभेण्टसले चाहिँ आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा शक्तिशाली इण्टर मिलानलाई फिओरेण्टिनाले १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ५९ प्रतिशत पोजेशनको साथ खेले पनि इण्टरले कुनै छाप छोड़्न सकेन। यसको विपरीत गियाकोमो बोनाभेञ्चुराले ५३औं मिनटमा दिलाएको गोलले फियोरेण्टिनालाई यादगार जीत दिलायो।

सेरि ए-को जारी सीजनमा यो इण्टरको दशौं हार हो। यस हारपछि इण्टर २८ वटा म्याचमा ५० पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै आठौं स्थानमा रहने फिओरेण्टिनासँग ४० पोइण्ट रहेको छ। यसबीच युभेण्टसले चाहिँ भेरोना विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आलियाञ्ज स्टेडियममा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसबाट म्याचको एकमात्र गोल मोइस किनले ५५औं मिनटमा दर्ता गरे।

यस जीतपछि युभेण्टस २८ वटा म्याचमा ४४ पोइण्टको साथ सातौं स्थानमा कायम रह्यो। भेरोना १९ पोइण्ट लिएर १८औं स्थानमा रहेको छ। शीर्ष पाँचमा सामेल अटलाण्टाले क्रेमोनिस विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। अटलाण्टा ४८ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ।

About Author

Advertisement