कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर १८,३८९

IMG-20230316-WA0251.jpg

कोरोनाको ३,८२४ नयाँ मामिला, ५ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३,८२४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,२२,६०५ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले दिल्ली, हरियाणा, राजस्थान मा १-१ जना र केरला मा २ जनागरी कुल ५ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८८१ पुगेको छ। यसरी नै यस अवधिमा १,७८४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,७३,३३५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७७% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या १८,३८९ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता २.८७ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता २.२४ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३३,१५३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,१८,०९,५२५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २,७९९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,११,८१४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement